धर्म संस्कारलार्इ ठुलो चनौती १३ दिनमा सिद्धिने काजकिरीया ललितपूरका दुर्इ दाजुभाइले पाँच दिनमै सिध्याए

असोज २७ ललितपुर । मृत्यु संस्कार सुधार अभियानमा सहमत हुँदै स्थानीयवासी दाजुभाइले आफ्ना पिताको पाँच दिनमा काजकिरिया सम्पन्न गरेका छन् । ललितपुर महालक्ष्मी नगरपालिका–६ विष्णुडोलका प्रह्लाद र अमृत विष्टले आफ्ना पिता जयबहादुरको काजकिरिया पाँच दिनमा सक्नु भएको हो । उनीहरुका पिताको पाँच दिनअघि निधन भएको थियो ।
काजकिरिया पाँच दिनमा पूरा गरेपछि प्रह्लादले निवासमा पुगेका सञ्चारकर्मीसँग हिन्दू धर्मको रक्षा र आस्थानुसार नै संस्कारमा सुधारको अभियानलाई साथ दिइएको बताउनुभयो । हिन्दू धर्मले शरीर पञ्चतत्वले बनेको र हरेक विधिमा पाँच नै हुने विषय शास्त्रमा समेत उल्लेख भएको बुझेर संस्कार सुधार समाजको अभियान चालिएको उहाँको भनाइ छ ।

संस्कार सुधार समाजका अध्यक्ष शङ्करप्रसाद पोखरेलले हिन्दू धर्मशास्त्रको सूक्ष्म अध्ययनपछि आफूहरुले पछिल्लो पाँच दिनको काजकिरिया शास्त्रसम्मत हो भन्ने निष्कर्ष निकालेको तर्क गर्नुभयो । काजकिरिया पाँच दिनमा गर्ने अभियान हिन्दू संस्कारको विरोधमा नभई संरक्षण र रक्षाको हेतुले गरिएको जिकिर उहाँले गर्नु भयो । “हिन्दू धर्मले कसैलाई बाध्य बनाउने गरेको छैन, सुरुमा केही असजिलो अवस्था भए पनि बिस्तारै संस्कार सुधार सामान्य बन्दै जाने छ” उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *