धादिङमा अनेरास्ववियुको समानान्तर जिल्ला कमिटी घोषणा

विवेक अर्याल/धादिङ । धादिङ जिल्लामा नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुको समानान्तर कमिटी घोषणा गरिएको छ ।

आज शनिवार, एमाले माधव कुमार नेपाल पक्षले सामाजिक संजालमार्फत् अनेरास्ववियुको समानान्तर कमिटी घोषणा गरेको हो । आज घोषणा गरिएको जिल्ला कमिटीमा जिल्ला सचिवालय सदस्य मिश्र शाक्यलाई अध्क्यक्ष बनाईएको छ ।

त्यस्तै शाक्यको अध्यक्षतामा ६२ सदस्यि जिल्ला कमिटी घोषणा गरिएको अनेरास्ववियु स्थाई कमिटी सदस्य प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । नयाँ कमिटीले ४ उपाध्यक्ष १ सचिव, ६ सहसचिव, १ कोषाध्यक्ष समेत चयन गरेको श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *