धादिङ्को गजुरिमा पहिरो जादा एक बालकको मृत्यु

pahiro१७ भदौ, काठमाडौ । धादिङको गजुरी–५ मा शुक्रबार बिहान पहिरो जाँदा एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६ वर्षीय बालक राम चेपाङ छन् ।

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार माथिबाट पहिरो खस्दा उनको घर पुरिएको थियो ।

घटनास्थल पृथ्वी राजमार्गबाट दक्षिणतर्फ महाभारत क्षेत्रमा पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *