धुर्मुस र सुन्तलीलाई अष्ट्रेलियामा फेरि १२ लाख

माघ १४ मेलबर्न, एकिकृत नमुना वस्ती गिरान्चौरको सफल योजाना पछि, एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी सहयोग जुटाउन अष्ट्रेलिया पुगेका जोडि धुर्मुस र सुन्तलीलाई अष्ट्रेलियाबाट १२ लाख सहयोग रकम प्राप्त भएको छ । अष्ट्रेलियाको एडिलेटमा भएको एक डिनरबाट उक्त रकम संकलन भएको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले बताए ।

मुसहर बस्ती निर्माणको सहयोगार्थ रकम संकलनका लागी अष्ट्रेलियाबाट उठेको यो दोश्रो ठुलो सहयोग रकम हो । फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुसले)ले बताएअनुसार यो अनुमानित भन्दा ठुलो रकम संकलन भएको हो । हिजो अर्थात बिहिबार साँझ भएको फन्ड राईजिङ डिनरबाट १४ हजार ६ सय ५६ डलर नेपाली अन्दाजी १२ लाख ४५ हजार ७ सय ६० रुपैया सहयोग जुटेको हो ।

यो रकम एउटा डिनरबाट उठेको रकम हो फाउण्डेसनकी कुञ्जना घिमिरे सुन्तलीले भनिन् यसले झनै उत्साहित बनाएको छ । अष्ट्रेलियाको एडिलेटमा बसोबास गर्ने नेपालीहरु र भुटानी समुदायका नेपालीहरुले देखाएको उक्त सदाशयता प्रति धन्यबाद दिदै उनले सहयोग गर्न चाहने अष्ट्रेलियन बासिहरुलाई समपर्क गर्न पनि आग्रह गरेका छन् । अब धुर्मुस र सुन्तलीको जनवरी २९ मा मेलवर्नमा एक कार्यक्रमको आयोजना हुदैछ । उनिहरु त्यसै कार्यक्रममा सहभागी हुन अहिले त्यसतर्फ लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *