‘नक्कली गोरी’ लिएर आए आस्मान

सुन्दर शिरीष-चैतारा २७ चैत्र,
गायक आस्मान लोप्चनले अर्को गीत ‘नक्कली गोरी’ लिएर बजारमा आएका छन् । लोप्चनको आस्याङ्की छोरी र हिमाल पारीको गाउँ बोलको गीतहरु यो भन्दा अगाडि चर्चामा आएका थियो ।

उनको पछिल्लो गीत ‘नक्कली गोरी’ को म्युजिक भिडियो पनि बजारमा आएको हो । सो गीतको भीडियो बजारमा आएसँगै उनको चर्चा झन चुलिएको छ । सिन्धुपाल्चोकको पर्यटकीय स्थल सुकुटे स्थित सुकुटे बीच रिसोर्टमा उक्त, भीडियोको छायांकन गरिएको छ ।

लोप्चनकै शब्द र स्वरमा रहेको गीतलाई बुद्ध लामा तितुङ्गले निर्देशन गरेका हुन् । सोम लोप्चनको निर्माणमा बनेको गीतको भीडियोमाप्रमुख भूमिकामा आस्मान लोप्चन र सरला सापकोटालाई देखिने छ । त्यस्तै अतिथि कलाकारमा सञ्चारकर्मी सुन्दर शिरीष, किशोर बुढाथोकी, विजय नेपालका साथै गोपाल बम्जनलाई देख्न सकिने निर्माण पक्षले जनाएको छ ।

विशेषगरी लोक सेलोलाई आफ्नो गायन शैली बनाएका लोप्चनको यो भन्दा अगाडि दुई गीतको भीडियो सार्वजनिक भईसकेको छ । आस्याङ्को छोरी र हिमाल पारीको गाउँमा बोलको गीतलाई स्रोताले अत्याधिक मन पराएका कारण तेस्रो गीत स्रोता दर्शकमाझ ल्याईएको गायक लोप्चनले बताए । ‘यसले पनि अघिल्लो गीतले जस्तै माया पाउने विश्वास लिएको छु’’, उनले भने ।

नक्कली गोरी गीतको म्युजिक भिडियो हेर्न याहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *