नमुना संयुक्त राष्ट्र संघको भब्य समापन, अर्को सभा बंगलादेशमा हुने

काठमाडौं – काठमाडौंमा भएको नमुना संयुक्त राष्ट्रसंघ सभा घोषणापत्र जारी गर्दै समापन भएको छ । तीन दिने सभा विषेश कार्यक्रमको आयोजना गरि समापन गरिएको हो ।

रिलायन्स इजुकेशन नेटवर्क र हाउस अफ युथ डाइलग (एचवाईडी) बंगलादेशको संयुक्त आयोजना भएको ‘सस्टेनवेल डेभलपमेन्ट गोल मोडल युनाईटेड नेशन (एसडीजीएमयुएन)’ नाम दिइएको सभामा विदेशीसमेत ४ सय युवाविद्यार्थी सहभागी भएका थिए । सहभागी विद्यार्थीलाई संयुक्त राष्ट्रसंघका विभिन्न निकायहरु युएनडीपी, डब्लुएचअ, युनएनआईपीसी, डीआईएसईसी, युएनएचसीआर, युएनएचआरसी, युएनडब्लुटीओ, एसओसीएचयुएम गरी आठ समुहमा विभाजन गरिएको थियो ।

५०–६० जनाको समुहमा छुट्याईएका विद्यार्थीले विश्वका सबै मुलुकको प्रतिनिधित्व गरेका थिए । उनिहरुलाई संयुक्त राष्ट्रसंघ सभामा सहभागी हुँदा ती देशका प्रतिनिधिले आफ्नो देशमा भएका समस्याको उठान कसरी गर्छन ? उठेका समस्यालाई त्यहाँ भएका अरू देशका सहभागीले कसरी सुझाव दिन्छन ? उठेको विषयलाई सभाले कसरी संकलन गर्छ भनेर नमुनाको रूपमा सिकाउन यो कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा विशेस गरी संयुक्त राष्ट्रसंघले तयार पारेको दीगो

विकास लक्ष २०३० मा उल्लेख भएका एजेन्डामाथि रहेर विद्यार्थीलाई छलफल गराईएको थियो । विद्यार्थीले उठेका एजेन्डाको बारेमा अध्ययन गरी आफूलाई लागेका कुरा राख्ने र त्यसको प्रतिक्रिया लिने काम गरेका थिए ।

छलफलबाट उठेका केही समस्यालाई प्रत्येक समुहले आफ्नो एजेन्डाको रूपमा तयार पारी अन्त्यमा सबैको बैठकमा प्रस्तुत गरेका थिए । प्रस्तुत भएका समस्यालाई सहभागी चार सय विद्यार्थीको सभाबाट स्वीकृत भएपश्चात एचवाईडीमार्फत संयुक्त राष्ट्रसंघमा पठाइएको छ । यसका साथै उक्त सभाले कार्यक्रमको अन्त्यमा सहभागी विद्यार्थी मध्येबाट प्रत्येक समुहमा उत्कृष्ठ हुने तीन जना प्रतिनिधिलाई सम्मान गरेको थियो ।

आयोजक रिलायन्स इन्टरनेश्नल एकेडेमीका अध्यक्ष रविन्द्रजंग थापाले संंयुक्त राष्ट्रसंघको दीगो विकास लक्ष २०३० हासिल गर्नका लागि यो कार्यक्रमले सहयोग पु¥याउने विश्वास व्यक्त गरे । उनका अनुसार संंयुक्त राष्ट्रसंघले दीगो सन् २०३० मा पूरा गर्ने भनेर तयार पारेको लक्षबारे विद्यार्थीलाई विदेशी

प्रशिक्षकले जानकारी गराएका छन् । त्यसमा १७ वटा विभिन्न कार्यक्रम छन् । उक्त प्रोजक्टको बारेमा विद्यालय तहका विद्यार्थीलाई जानकारी गराउन पर्छ भनेर विद्यालयले एचवाईडीसँग सहकार्य गरेर यस्तो कार्यक्रमको आयोजना भएको उनले बताए । यसले विद्यार्थीलाई विश्वमा भइरहेका पछिल्लो घटनाको बारेमा जानकारी हासिल गर्न, सिकेका कुराले जिवनमा आइ पर्ने समस्यासँग लड्नका साथै अरुको अगाडि बोल्न सक्ने क्षमता वृद्धि गराउने थापाको दावी छ । साथै विदेशी विद्यार्थीको पनि सहभागिता भएकाले विद्यार्थीमा आत्मविश्वास समेत बढ्न मद्दत गर्ने उनको भनाई छ ।

संयुक्त राष्ट्र संघको मोडलमा आधारित रहेर कार्यक्रम गर्दै आएको एचवाईडीले विश्वका विभिन्न मुलुकमा ४० वटा यस्ता कार्यक्रमको आयोजना गरिसकेको छ । यस्तो कार्यक्रम नेपालमा दोस्रो पटक भएको हो । नेपालमा यो कार्यक्रमको आयोजना हुँदा नेपालका धेरै विद्यार्थीले सहभागिता जनाउन पाएका छन् । कार्यक्रममा भारत, बंगलादेश, थाइल्याण्डलगायतका मुलुकका विद्यार्थी सहभागी भएकाले नेपाली विद्यार्थीले उनिहरुसँग अन्तरक्रिया गर्नसमेत पाएका छन् । त्यसैले यस्ता अन्तराष्ट्रियस्तरका कार्यक्रमको आयोजना विद्यालयको तर्फबाट पनि समय समयमा हुने पर्ने उनले बताए । अर्को नमुना संयुक्त राष्ट्र संघ सभा आगामी बर्ष बंगलादेशको ढाकामा हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *