नयाँ आईजीपीको लागि सबैको चासो, राजनीति लबिङ्ग सुरु

माघ ७ काठमाडौ,भावी आईजीपी कसलाई बनाउँदा राजनीतिक लाभ लिन सकिन्छ भनी प्रमुख राजनीतिक दलका नेताले आ-आफ्नो भूमिका देखाउन थालेका छन् । नेपाल प्रहरी सशस्त्र प्रहरी बलमा फागुनको पहिलो साता नयाँ आईजीपी छानिने हुँदा सबैको चासो बढेको हो ।

गृहमन्त्रालय कांग्रेस नेता विमलेन्द्र निधिले सम्हालेको कारणले पनि आईजीपीमा निर्णायक कांग्रेस नै हुनेछ । त्यसमा पनि निधिले मुख्य निर्णय लिने देखिन्छ । कांग्रेस सभापति शेरबहादुर देउवाका सबैभन्दा नजिक रहेर काम गर्दै आएका निधिले, आईजीपीका लागि आफु निकट संग परामर्श लिन थालि सकेको स्रोतको दाबि छ ।
आईजीपी कसलाई बनाउने भन्ने टुंगोमा देउवा पुगि नसकेको बताईएको छ । स्रोतका अनुसार उहाँले प्रहरीका केही वरिष्ठ अधिकारी र प्रहरीबारे जानकारहरुसँग समेत भावी आईजीपीको टुंगो लगाउन परामर्श गरेका छन् ।

प्रहरीभित्र लामो अनुभव सँगालेका अधिकारीले वरिष्ठतालाई नमिच्न सुझाव दिएको बताइन्छ ।प्रतिष्पर्धीहरु मध्ये जेष्ठताका आधारमा तीन नम्बरमा रहनुभएका जयबहादुर चन्दलाई एक नम्बर बनाउँदा आलोचित हुनुपर्ने अवस्था छ । देउवाले निकटस्थसँगको छलफलमा वरिष्ठलाई नै आईजीपी बताईएको छ ।

आईजीपीका मुख्य दाबेदार नवराज सिलवालको नाममा निधिसमेत अहिले सकारात्मक भईसकेको बताईन्छ । यधपी, प्रहरी र सशस्त्र दुवैमा जेष्ठतालाई नमिच्ने परिपाटी बलियो छ ।

डिआईजीबाट एकैपटक आईजीपी बन्ने अवस्था बनेकाले पनि योग्यता र कार्यक्षमताले बढी महत्व पाउन सक्छ । गृह मन्त्रालय कांग्रेसको जिम्मेवारीमा रहे पनि भविष्यमा कतैबाट कसैको चासो देखिएमा टेबुल ठोकाठोक समेत हुन सक्छ । तर सशस्त्रको आईजीपीमा चाहिँ त्यति ठूलो विवाद आउने सम्भावना क्षीण भइसकेको छ ।

आईजीपीमा काठमाडौंका रैथाने सिंहबहादुर श्रेष्ठकै नाम आएको छ । श्रेष्ठ आईजीपी बन्ने बलियो सम्भावना सँगै श्रेष्ठलाई ग्रिन सिग्नल मिलिसकेको बताइन्छ । उहाँका प्रतिष्पर्धी प्रेम शाही र प्रकाश ओझाले पनि आशा मारेका छैनन् भनेर न्युज अभियानमा समाचार लेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *