नयाँ शक्तिका उम्मेदवार सुर्यनारायण मण्डल विजयी

काठमाडौ ७ असोज- तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत २ नम्बर प्रदेशमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आफ्नो बिउ जोगाएको छ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा नयाँ शक्तिका उम्मेदवार सुर्यनारायण मण्डल विजयी भएका हुन् । अध्यक्षमा विजयी सुर्यनारायण २८०५ मत ल्याउँदै विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी विमला देवीले १३८५ मत प्राप्त गरिन् ।

उप मेयरमा भने राजपाकी उम्मेदवार उषा मण्डल निर्वाचित भएकी छन् । उषाले १७१० मत पाइन भने उनकी निकटतम प्रतिद्वन्द्वी नयाँ शक्तिकी प्रमिलाले १५८० मत ल्याएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *