नयाँ शक्ति पार्टिको पोखरामा बैठक

काठमाडौं १७ पुए- प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा अपेक्षाकृत जित पाउन नसकेपछि नयाँ शक्ति पार्टी नेपाल त्यसको समीक्षासहित भावी योजना निर्माणमा जुट्न नयाँ शक्ति पार्टीको भोलिबाट कास्कीमा महत्वपूर्ण वैठक बस्ने भएको छ ।

मंसीर २९ गते काठमाडौमा उपलब्ध केन्द्रीय कार्यकारी समिति, विज्ञ परिषद र सल्लाहकार परिषदका सदस्यहरुको परामर्श वैठकले पुस १८ देखि २० गतेसम्म कास्कीमा महाधिवेशन आयोजक समिति (केन्द्रीय कार्यकारी समिति, विज्ञ परिषद र संरक्षक परिषद)को पूर्ण वैठक बस्ने निर्णय गरेको थियो ।

वैठक पार्टी गठनदेखि यताको समीक्षा, चुनावी समीक्षा र अवको योजना निर्माणमा केन्द्रित हुने सो पार्टीका नेताहरुले बताएका छन् । वैठकमा सहभागी हुन पार्टी संयोजक डा.बाबुराम भट्टराईसहितका नेताहरु आज नै पोखरा पुग्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *