नयाँ शक्ति पार्टि त्यागेका रामेश्वर खनाल देउवाको दर्शनमा

चैत्र ३ काठमाडौ,नयाँ शक्ति पार्टि त्यागेको घोषणा गरेका रामेश्वर खनाल देउवाको दर्शन गर्न पुगेका छन् । उनले भनेका छन् : म हिजो कांग्रेस थिएँ, आज र भोलि पनि कांग्रेस नै रहन्छु । यस्ता अस्थिर मनस्थितिका व्यक्ति कसरी अर्थसचिव भए होलान् ? सबैमा एउटा प्रश्न उब्जिएको छ ।

बाबुरामजीको राजनीति बुझ्न सकिन, बाबुरामजीमा राजनीति म्यानेज गर्ने शक्ति पनि देखिन, त्यसैले म निस्कृय भएको हुँ भन्ने रामेश्वर खनालले मानिसमा हुनुपर्ने, आचरण, स्वभाव र गुणहरु सबै त्याग्न सकियो भने बल्ल मान्छे राजनीतिज्ञ हुने रहेछ, त्यसैले म नयाँ शक्तिमा अटाउन सकिन भनेका छन् । रामेश्वर खनालले रवीन्द्र मिश्रलाई पनि शुभकामना दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *