नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराई आज भारत जादै

चैत्र १ काठमाडौ,नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराई आज भारत जादैछन् । आज दिउँसो ३:३० बजे भट्टराई दिल्ली प्रस्थानगर्ने भएका छन् ।

भट्टराईले इण्डिया फाउन्डेसनले आयोजना गरेको दिल्लीमा हुने ‘काउन्टर टेरोरिज्म कन्फरेन्स’मा (१४–१६ मार्च) १५ मार्चमा सम्बोधन गर्ने बताईएको छ । उहाँले ‘बुलेट टु ब्यालेट’ शीर्षकको विशेष सत्रलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने छन् ।

त्यस्तै १९ मार्चमा नयाँ शक्ति पार्टी नेपालको प्रवास समितिले गोवामा आयोजना गरेको नेपालीहरुसँगको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा सहभागी हुने बताईएको छ ।

त्यसैगरी २० मार्चमा पार्टीको आयोजनामा हुने दिल्लीमा रहेका नेपालीहरुसँग भेटघाट तथा अन्तरक्रिया गर्ने भएकाछन् ।भट्टराई २१ मार्च विहान नेपाल फर्किने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *