नवनियुक्त ८० न्यायाधीशहरुले आज पद तथा गोपनीयताको सपथ लिँदै

माघ ५ काठमाडौ,उच्च अदालतका नवनियुक्त ८० न्यायाधीशहरुले आज दिउँसो साढे एक बजे, सर्वोच्च अदालतको प्राङ्गणमा पद तथा गोपनीयताको सपथ लिँदैछन् ।

प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायाधीशहरुलाई सपथ गराउनेछिन् । सर्वोच्च अदालत परिसरमा सपथ कार्यक्रम राखिएको छ ।

भूकम्पले सर्वोच्चको मुल भवन क्षतिग्रस्त भएकाले परिसरको चौरमा टेन्ट टाँगेर बनाइएको हलमा न्यायाधीशहरुको सपथ हुनेछ ।

न्यायपरिषदले हालै मात्रै उच्च अदालतका लागि ८० न्यायाधीश सिफारिस गरेको थियो । तर, राजनीतिक भागवण्डाका आधारमा भएको भन्दै यसको चर्को विरोध भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *