नवल खडकाको नेतृत्वमा नयाँ नेपाली चलचित्र निर्माता संघ गठन

nirmata sanghaकार्तिक २७ काठमाडौ,अन्ततोगोत्वा नेपाल चलचित्र निर्माता संघले नयाँ नेतृत्व पाएको छ । नेपाल चलचित्र निर्माता संघ राजकुमार राई नेतृत्वमा पारदर्शिता नभएको र रकम हिनामिना भए पछि राजकुमार राई नेतृत्व निर्माता संघ बाट अधिकांश नेपाल चलचित्र निर्माताहरु रुष्ट बनेपछि, नवल खडकाको नेतृत्वमा नेपाल चलचित्र निर्माता संघ गठन गरिएको हो । राजकुमार राई नेतृत्व निर्माता संघले चार वर्ष सम्म पनि संस्थालाई नविकरण नगरेको र निर्माता संघ भवन निर्माण कोषको २३ लाख ८० हजार रुपैयाँ हिनामिना गरे पछि नयाँ निर्माता संघको गठन गर्नु परेको नयाँ निर्माता संघका अध्यक्ष नवल खडकाले बताए ।

नेपाली चलचित्र व्यवसायिक तवरले निर्माता र राष्ट्रियताको पक्षमा हुनुपर्ने, व्यवसायिक पारदर्शिता हुनुपर्ने, आदीबासी, जनजाती र मौलिक चलचित्र निर्माण तथा प्रदर्शनमा राज्यले स्थान दिनुपर्ने, चलचित्र नीतिलाई पुनरावलोकन गरी पुर्ननिर्माण गर्ने र कार्यन्वयन हुनुपर्ने,विदेशी चलचित्र प्रदर्शनको हकमा कोटा प्रथा लागू हुनु पर्ने र नेपाली चलचित्रको लागि बक्स अफिस लागू हुनु पर्ने लगायतका एजेण्डाका साथ चलचित्र निर्माता संघ नेपालको गठन गरिएको नयाँ नेपाली चलचित्र निर्माता संघका अध्यक्ष नवल खडकाले हामीलाई बताए ।

नयाँ कार्य समितिमा, नवल खडका अध्यक्ष, उदय सुब्बा सहअध्यक्ष, लय संग्रौला वरिष्ठ उपाध्यक्ष, सुस्मिता केसी उपाध्यक्ष र हिक्मत थपलिया सर्वसम्मत रहेका छन् भने, महासचिवमा विमल पौडेल रहेका छन् । यस्तै मनोज श्रेष्ठ सचिव, सहसचिवमा किसन पोख्रेल र सचिवमा कृष्ण चौलागाईँ चयन भएका छन्। डिक खडका कोषाध्यक्ष र कृष्ण चौलागाई सहकोषाध्यक्ष रहेका छन् ।

सदस्यहरुमा मुनाल घिमिरे, अर्जुन कार्की, मदन कुमार इङ्गनाम, गंगाप्रसाद पोखरेल, रामकृष्ण न्यौपाने, निरज ढकाल, भूपेन्द्र लिंदेन, निर्मल लामा र विरेन्द्र सिंह रहेका छन् ।

नयाँ निर्माता संघको अध्यक्ष नवल खडका पूर्व कलाकार संघका अध्यक्ष पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *