नव निर्वाचित मेयरको धेरै चुनौती बीच राजसी ठाँट

काठमाडौं १८ जेठ- काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बुधबार पद तथा गोपनीयताको सपथ ग्रहण गरे राजसी ठाँट देखाउन ‘भिभिआइपी’ थालेका छन् ।

काठमाडौँमा ट्राफिक प्रहरीले ‘नो हर्न’ लागू गरेपछि अहिले छिटफुट मात्र हर्न बजेको सुनिन्छ। नयाँ मेयरको सवारी सपथ र पदभार ग्रहणकै दिनदेखि साइरन सहित नयाँ मेयर हुँइकिन सुरु गरेका छन् । कतिपय मन्त्रीहरुले समेत आफ्नो सवारीबाट साइरन बजाउन छाडेका छन्। तर नव निर्वाचित मेयर विद्यासुन्दरले भने प्रधानमन्त्री र गृहमन्त्रीको जस्तै साइरन बजाउँदै सडकमा हुईकिन थालेका छन् । महानगर प्रहरीको अगुवा र पछुवा सहित उनको सवारी प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री जत्तिकै चलाइएको देखियो।

यसैगरी,नव निर्वाचित मेयर विद्यासुन्दर शाक्यले पनि जनताको आँखामा छारो हाल्न सुरु गरेको देखिएको छ । काठ्माडौमा ‘क्लिन सिटी’ अभियान सञ्चालन गरेर सुटबुट र खादामा सजिएर सडक बढार्न झाडु समातेको देखियो । बिहीबार बिहान मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्र अगाडिको सडकमा झाडु बोकेर सफाइमा सहभागी भएका थिए । उनले साचिकै “क्लिन सिटी” अभियानलाई साकार पार्ने हो भने, सुटबुटमा सजिएर सडकमा ओर्लनुको जरुरत नै हुदैन, पारदर्शी र नयाँ अवधारणा ल्याएर साकार पारे हुन्छ । कित जनतालाई प्रोत्साहन गर्नकै लागी सडक बढार्न आएका हुन् भने, सडकम बढार्नेकै हुलियामा आएर जनतालाई प्रोत्साहन गर्नु पर्छ ।

नयाँ मेयरका चुनौतीहरु
नव निर्वाचित मेयरका चुनौतीहरु पनि धेरै छन् । मेलम्ची खानेपानीको पाईप लाईन बिछ्याउदा धुलाम्मे भएको सडकको धुलो व्यवस्थापन त छदै छ, त्यो संगै शहर भरिका खम्बाहरुमा लथालिङ्गै परेर झुण्डीएका अव्यावास्थित ताराहरुलाई पनि व्यावस्थापन गर्नु जरुरी छ । दिनमा १८ घण्टा सम्म लोडसेडिङ्ग भएर मोबाईल सम्म चार्ज गर्न नसकिने अवस्थालाई अन्त्यगरी कुलमान घिसिंगले सुरुवात गरेको लोडसेडिङ्ग अन्त्यलाई पनि निरन्तरता दिनु छ ।

काठमाडौका घनावस्तीमा साना र होचा घरहरुले काठमाडौका जमिनलाई छपक्कै ढाकिरहेको अवस्थामा भुकम्प प्रतिरोधी ठूला-ठूला अपार्टमेण्टहरुको निर्माण गरेर साना घरहरुको निर्माण रोकी काठमाडौको जमिनलाई फराकिलो बनाउनु पर्दछ । सडक दाँया-बाँयामा अव्यवस्थित तरिकाले बिक्रीको लागी राखिएको पसलहरुलाई व्यवस्थित तरिकाले हटाएर सहरलाई सुन्दर शान्त बनाउनु छ । काठमाडौ उपत्यकामा मोटर साइकलको मात्रा अत्याधिक बढेकोले मोटर साइकलको लागी सडक दाँया-बाँयामा छुट्टै लाइनको व्यावस्था गर्नु पर्दछ । मेट्रो रेलको सम्भाव्यता खोजेर संचालन गर्नु पर्दछ । सरकारी कार्यालयमा चुस्त दुरुस्त सेवा प्रबाह गर्नु गराउनु पर्दछ ।

meyar2

Leave a Reply

Your email address will not be published. Required fields are marked *