नाइजेरियामा बच्चा फार्म, ६ लाख सम्ममा किनबेच

असोज २८ नाइजेरिया,अफ्रिकी देश नाइजेरियाको पछिल्लो समयमा बेबी फार्मिङको धन्दा निकै फस्टाएको छ ।

केही वर्षयता उक्त मुलुकमा बच्चाको व्यापार निकै तिब्र गतिमा भैरहेको छ । विश्वका विभिन्न देशका निसन्तान दम्पत्तिहरुका लागि नाइजेरिया बच्चा कारखाना भन्दा कम छैन । अस्पताल तथा अनाथालयहरुमा लुकिछिपी बेबी फार्मिंग गर्ने गरिएको छ ।

कम उमेरका किशोरीहरुलाई आमा बन्नका लागि बाध्य पार्ने गरिएको छ । त्यसरी बच्चा जन्माउन बाध्य पारिने किशोरीहरुमध्ये अधिकांश अनाथ तथा गरीब हुने गरेका छन् । उनीहरु पैसाका लागि यस्तो गर्न बाध्य छन् ।

बच्चा उत्पादन गरिदिने किशोरीहरुको उमेर १४ देखि १७ वर्षबीचको हुने गरेको छ । गर्भ रहेसँगै उनीहरु चाहेर पनि गर्भपतन गराउन पाउँदैनन् । किनकि नाइजेरियाको कानूनमा यो उमेरका किशोरीको गर्भपतन गैरकानूनी मानिन्छ ।

कानूनको यहीँ कमजोरीको फाइदा बच्चा माफियाहरुले उठाउने गरेका छन् । र, ती किशोरीहरुबाट जन्मिएका बच्चालाई ५, ६ लाख रुपैयाँसम्ममा बेच्ने गरेको जानकारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *