नायक दिक्पाल ‘मिष्टर ग्राण्ड’का लागि फिलिपिन्स प्रस्थान

काठमाडौ – नायक दीक्पाल कार्की ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’का लागि फिलिपिन्स प्रस्थान गरेका छन् । संसारभरीका करीब ४० देशका प्रतिस्पर्धी सहभागी हुने पुरुष सौन्दर्य प्रतियोगीतामा नेपालबाट प्रतिनिधित्व गर्दै दिक्पाल फिलिपिन्स प्रस्थान गरेका हुन् ।

फिलिपिन्सको मनिला शहरमा हुन लागेको ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’ मा उनले करीब १२ दिनसम्म आफ्नो प्रतिभा देखाउनेछन् । प्रतियोगीतामा उनले फोटोसुट, ¥याम्पवाक, स्पोट च्यालेन्ज, स्पिच कम्पिटिसन लगायतमा राउन्डहरु हुँदै फाइनलका लागि भिडन्त गर्नेछन् । दीक्पालले ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’को विजेत भएर नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउने बताए ।

‘रंग बैजनी’ र ‘च्याम्पियन’ फिल्ममा समेत अभिनय गरिसकेका दिक्पाल यसअघि मिष्टर काठमाडौं (२००९), म्यानहन्ट इन्टरनेशनलको रनर्स अप (२०१२), मिष्टर ग्लोवल नेपालका विजेता (२०१६) हुन् । उनले मिष्टर ग्लोवल २०१६ मा थाइल्याण्डमा नेपालको प्रतिनिधित्व गर्दै छैठौं स्थानमा आफूलाई उभ्याएका थिए । उनलाई ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’ का लागि ड्रिम्स सर्च स्टूडियोका सञ्चालक कमल निकोन क्षेत्रीले फिलिपिन्स पठाएका हुन् ।

एक्सपोज नेपाल, इभेन्ट्स नेपाल, स्कूल अफ व्यूटिशियन, बानेश्वर जिम लगायतका संस्थाहरुले ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’का लागि उनलाई सहयोग गरेका छन् । उनले चर्चित डिजाइनरहरु मनिष राई, कमल मानन्धर, लक्ष्मी गिरी, मञ्जु बन्जरा ढकाल लगायतले तयार पारेका पोशाकहरु ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’मा प्रस्तुत गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *