नायिका जल शाहकी आमा तथा साहित्यकार प्रेमा शाहको निधन

काठमाडौं ६ पुस – नायिका जल शाहकी आमा तथा साहित्यकार प्रेमा शाहको निधन भएको छ । पछिल्लो समय अमेरिकामा बस्दै आएकी उनको इन्टर माउण्टेन हस्पिटलमा निधन भएको हो ।

विक्रम संवत् २००२ सालमा बीरगञ्जको श्रीपुरमा जन्मेकी शाह, मदन मेमोरियल स्कुल पढ्दै गर्दा २०१६ मा साहित्यिक पत्रिका ‘शारदा’मा उनको ‘प्रतिक्रिया’ शीर्षकको पहिलो कथा छापिएको थियो । त्यसपछि उनले विभिन्न पत्रिकामा कथा र लेखहरु लेखेकी थिइन् ।

उनको पँहेलो गुलाफ (कथा संग्रह ०२३) मा प्रकाशित भएको थियो । पँहेलो गुलाफ नेपाली भाषा साहित्यमा यौन मनोविज्ञानमा आधारित भएर लेखिएको सशक्त कृति मानिन्छ । शाहको २०२८ सालमा प्रकाशन भएको ‘विषयान्तर’ पनि यौनकै परिवेशमा लेखिएको कथा थियो भने ‘ममी’ पनि उनको अर्को चर्चित कृतिको रुपमा चिनिन्छ । उनका ६ वटा वालकथा र ३ बाल उपन्यास पनि प्रकाशित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *