नारायणटार युबा क्लबका युवाहरु द्वारा बौद्ध प्रहरी वृत्त मा माक्स र स्यानिटाइजर सहायोग

काठमाण्डौ , असोज २०, रास्ट्रको अग्र पंगतिमा बसेर जस्तो सुकै चुनौती को पनि सामना गर्दै दिनरात नभनी कोभिड-१९ बाट नेपाली जनताको सुरक्षामा खटेर काम गर्ने राष्ट्र सेवक प्रहरी लाइ कोभिडको सुरक्षामा थप सहायता पुर्याउन महानगरीय प्रहरी वृत्त बौद्ध मा नारायणटार युबा क्लब ले ५००० थान माक्स र २० लिटर स्यानिटाइजर सहयोग गरेको छ।

      प्रहरी जनताको जिउधनको सुरक्षामा  यसै पनि सधै कार्यरत रहन्छन। समाजमा हुने राम्रा नराम्रा सबै कुराको निगरानी गरेर जनताको सुरक्षामा पहरेदार गर्नुपर्ने दाइत्वो बोक्ने प्रहरी पनि कोभिड्को चपेटा मा नराम्रो संग परेको महशुस भएको बताउदै नारायणटार युबा क्लबका अध्यक्ष धर्म थिङ्ग लामा ले  भने, हामी युवाहरु पनि रास्ट्रको एक जिम्मेवार ब्यक्तित्वो  भएकाले हाम्रो सुरक्षा गर्ने सुरक्षा कर्मिको सुरक्षा गर्न सके हामि र हाम्रो समाज सुरक्षित हुने भएकाले हाम्रो ठाउमा अवस्थित प्रहरी संस्था मा केहि सहयोग गर्ने मन भएकाले हामी युबा हरु मिलि मक्स र स्यानिटाइजर सहयोग गरेको अध्यक्ष लामा ले सुचना खबरलाई बताए। 

  उक्त मक्स र स्यानिटाइजर हस्तान्तरण गर्न सिन्धुपाल्चोक जिल्ला नेपाली काङ्रेस तरुण नेता  जित लामा तथा नारायणटार युबा क्लबका पधाधिकारीहरु को उपष्तिथीमा महानगरीय प्रहरी वृत्त बौद्ध का प्रमुख डिएसपी  नबिन कार्कीलाई लाइ हस्तान्तरण गरिएको थियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *