नारायणी उपक्षेत्रीय अस्पतालबाट शुक्रबार हराएकी नवजात शिशु आइतबार फेला

माघ २३ काठमाडौ,नारायणी उपक्षेत्रीय अस्पतालबाट शुक्रबार हराएकी नवजात शिशु आइतबार फेला परेको छ ।

पर्सा बेल्वा ९ बाट प्रहरीले आइतबार दिउँसो करिब पौने २ बजे शिशु फेला पारेको जनाएको छ । प्रहरीका अनुसार बच्चालाई अहिले एनआईसीयूमा राखिएको छ । थप जानकारी आज दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर दिइने प्रहरीले जनाएको छ ।

वीरगन्ज उपमहानगरपालिका १ छपकैयाकी आशादेवीले शुक्रबार अस्पतालको प्रसूति वार्डमा जन्माएकी शिशु हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *