नारायण गोपाल स्मृति कार्यक्रम सम्पन्न(भिडियो सहित)

ईन्द्र जिजीबिषा-मंसिर १९ काठमाडौ, २६औ नारायण गोपाल स्मृती कार्यक्रम आज काठमाडौस्थित नारायण गोपाल चोकमा भब्य कार्यक्रमको आयोजना गरेर सम्पन्न भएको छ । नेपाल कला संस्कृति विकास केन्द्र र भ्वाइस आर्ट एकेडेमीको आयोजनामा श्रद्धान्जली तथा सांगीतिक कार्यक्रमलाई उपराष्ट्रपति नन्द किशोर पुनले उद्घाटन गरेका थिए ।

हजारौ दर्शकहरु उपस्थित रहेको कार्यक्रममा नेपालका ख्यातीप्राप्त कलाकारहरुले नारायण गोपालको गीत गाएर श्रद्धान्जली दिदै नारायण गोपाललाई सम्झिएका थिए । कार्यक्रमा प्रदिप श्रेष्ठद्वारा डेढ बर्ष लगाएर लेखिएको स्वरलिपि पुस्तकको बिमोचन पनि गरिएको थियो । उक्त पुस्तक निशुल्क वितरण गरिने कार्यक्रमका संयोजक नेपाल कला विकासका अध्यक्ष नवराज लामाले जानकारी दिए ।

कार्यक्रममा  बेनुका राई, कुशल पौडेल,सुनिता थेगिम,शुरेश लामा,संगीता राना प्रधान,प्रज्ञा श्री,निशान भट्टराई,बानीका प्रधान,मिना निरौला,भविन ढुङ्गाना,कर्मा ग्याल्जेन,प्राश्ना शाक्य,प्रबेशामान शाक्य,सुनिता प्रधान,जुना प्रशाई,राजु तामाङ्ग,दुर्गा परियार,सुस्मा लामा,डेनी निरौला,राधा राई,जीवन भट्टराई,झुमा निरौला,संजय तुम्रुक,हरिदत्त फुलारा बाल मुकुन्द अवाल, बबिता राई’अनुमा’ लगायतले नारायण गोपालको स्मृतिमा गीत गाएका थिए । कार्यक्रममा नारायण गोपालको आलाप पनि सुनाईएको थियो ।

कार्यक्रमको भिडियो यहाँ हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *