नारायण राईको नयाँ गीत ”लचक लचक कम्मर सार्बजनिक(भिडियो सहित)

फागुन १७ काठमाडौ,गायक नारायण राईको नयाँ गीत ”लचक लचक कम्मर सार्बजनिक भएको छ । नेपाली सांगीतक आकाशमा एउटा डान्स गीतका रूपमा राईको यो गीत पनि थपिएको छ ।

नेपाली संगीत क्षेत्रमा छुट्टै पहिचान बनाई सकेका गायक राईको यो नयाँ गीत ”लचक लचक कम्मर भिडियो सहित सार्बजनिक भएको हो ।

उक्त गीतमा शब्द,संगीत र स्वर गायक राईको नै रहेको छ भने,यो गीतको म्युजिक भिडियोलाई रबिन शंकरले निर्देशन गरेका छन् । यो गीतको म्युजिक भिडियोमा चन्द्र दाहाल, रवीन र जीनाले अभिनय गरेका छन् । यो भन्दा अघि उनले नाकैमा झम्के फुली गीत पनि सार्बजनिक गरेका थिए ।

लचक लचक कम्मर गीतको म्युजिक भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *