नारायण राईको नयाँ म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)

माघ ११ काठमाडौ, गायक नारायण राईको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समय देखि सांगीतिक क्षेत्रमा लागेका गायक राईको “नाकैमा झम्के फुली”बोलको आधुनिक-पप नेपाली गीत सार्वजनिक भएको हो । गायक राईले यो भन्दा अगाडि यो जुनीमा,मेरो माया बोलको गीतहरु सार्वजनिक गरिसकेका छन् ।

झम्के फुली बोलको गीतको म्युजिक भिडियो पनि बनेको छ । उक्त गीतको म्युजिक भिडियोमा रबिन शंकर र जिना थापाले अभिनय गरेका छन् भने, जीबी लामाले भिडियोलाई छायांकन गरेका हुन् । एरेन्ज बुद्ध स्याङ्गबाले गरेका हुन् भने, भिडियो सम्पादन निशान घिमिरेले गरेका छन् । यो गीतको शब्द संगीत डम्वर हिङ्गमाङ्गको रहेको छ ।

अगाडिका गीत स्रोता दर्शकहरुले अत्यन्तै मन पराई दिएकोमा राईले खुशी हुदै यो गीत पनि मन पराई दिनेमा आफु विश्वस्त रहेको राईले बताए ।

यो गीतको म्युजिक भिडियो हेर्न याहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *