निर्देशक मिलन चाम्सको “लिलीबिली”मा हलिउड नायिका शिल्पा मास्के

काठमाडौँ २६ असार- चलचित्र “वीरविक्रम” निर्माण गरेर चर्चामा रहेका निर्माता/निर्देशक मिलन चाम्सले फेरि अर्को नयाँ चलचित्रको निर्माण गर्ने घोषणा गरेका छन् । निर्देशक चाम्सले ‘लिलिबिली’ नामक चलचित्र निर्माण गर्न लागेका हुन् ।

बेलायत र स्कटल्याण्डमा छायाङ्कन गरिने चलचित्रमा हलिउड चलचित्र ‘डक्टर स्ट्रेन्जमा’मा काम गरिसकेकी शिल्पा मास्केलाई आफ्नो नयाँ चलचित्रमा अभिनय गराउने भएका छन् । चलचित्रमा अझै दुई नायक र नायिकाको खोजी भइरहेको निर्देशक चाम्सले जनाएको छ ।

चाम्स इन्टरटेन्मेन्ट, काफिया फिल्मस् र डेउ फ्लिमसको संयुक्त ब्यानरमा यो चलचित्र निर्माण हुने बताईएको छ । प्रेम कथामा आधारित रहेको चलचित्र “लिलिबिली”को नाम पछि परिवर्तन गर्न सकिने बताईएको छ ।

मिलन चाम्सको निर्देशनमा तयार भएको दुई चलचित्र ‘ह्याम्पी डेज र ‘ब्लाइन्ड रक्स’ प्रदर्शनको तयारीमा रहेको छ भने चलचित्र “बोबी”अहिले धमाधम छायांकन भईरहेको छ । चाम्सले आफ्नो चलचित्र ‘वीर विक्रम’को सिक्वेल बनाउने पनि घोषणा गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *