निर्माता तथा नायक रमेशचन्द्र राई “माइ प्रमिस”संगै अमेरीकामा

ईन्द्र जिजीबिषा-काठमाडौ २४ जेठ- निर्माता तथा नायक रमेश चन्द्र राई यतिबेला आफ्नो फ्लिम “माई प्रमिस” लाई अमेरिकाको विभिन्न शहरहरुमा प्रदर्शन गरिरहेका छन् । अमेरिकामा “माई प्रमिस” को राम्रो प्रतिक्रिया आईरहेको राईले बताएका छन् । रमेशचन्द्र राई भुतपुर्व सिंगापुरे लाहुरे पनि हुन् ।

कलाक्षेत्रमा लगाव भएकै कारणले आफू सिंगापुरमा रहदै नेपाली चलचित्र “माई प्रमिस” सुरज सुबा नाल्वोको निर्देशनमा निर्माण गरेका थिए । उक्त फ्लिममा नायिका केकी अधिकारी संग राई आफै नायकको भूमिकामा रहेका छन् ।

निर्माता तथा नायक रमेशचन्द्र राईले आउने अक्टोबर बाट अर्को “जिग्री” नामक चलचित्र पनि बनाउने भएका छन् । उक्त फ्लिमको छायांकन अष्ट्रेलिया र अमेरिकामा गरिने राईले हामीलाई जानकारी दिएका छन् ।

निकट भविष्यमै अष्ट्रेलियामा फ्लिम फेस्टिवल पनि गर्ने तयारीमा रमेशचन्द्र राई रहेका छन् ।जसका लागी नेपाली चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का संग सहकार्य अगाडी बढाई रहेको राईले जनाएका छन् । राई ग्रीन ईन्टरनेश्नल क्लबका नेपाल अध्यक्ष पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *