निर्वाचनको परिणाम घोषणा ढिलाइप्रति वाम गठवन्धनले निर्वाचन आयुक्तलाई ध्यानाकर्षण गराउने

काठमाडौं, १७ पुस- निर्वाचनको परिणाम घोषणामा भएको ढिलाइप्रति वाम गठवन्धनका दु्ई दल नेकपा एमाले र माओवादी केन्द्रले निर्वाचन आयोगको ध्यानाकर्षण गर्ने भएका छन् ।

स्रोतको अनुसार अपराह्न तीन बजे नेकपा एमाले र माओवादी केन्द्रका उच्चस्तरीय संयुक्त प्रतिनिधि मण्डलले प्रमुख निर्वाचन आयुक्त र आयुक्तसँग छलफल गर्न लागेको छ । दिउँसो तीन बजे निर्वाचनसँग सम्बन्धित विषयमा आवश्यक छलफल र ध्यानाकर्षण गर्ने कार्यक्रम रहेको श्रेष्ठले बताए । त्यस्तै आजै एमाले–माओवादी निकटका जनवर्गीय संगठनहरुले पनि ढिला सुस्तीका विरुद्धमा ध्यानाकर्षण पत्र वुझाउने तयारी गरेका छन् ।

आयोगले राष्ट्रिय सभाको निर्वाचनअघि समानुपातिक तर्फको परिणाम सार्वजनिक गर्न नमिल्ने बताएपछि एमाले नेताहरु प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरुसँग छलफलका लागि जान लागेका हुन् । निर्वाचन परिणाम घोषणा लगायत समग्र प्रक्रियामा आयोगले गरेको ढिलाइका कारण नयाँ सरकार गठनको बाटो लम्बिएको भन्दै एमाले नेताहरुले असन्तुष्टी जनाइरहेका छन् ।

प्रतिनिधीसभाको समानुपातिक तर्फको नतिजा लुकाएको भन्ने एमाले नेताहरुले आयोगलाई आरोप लगाएका थिए । नतिजा सार्वजनिक गर्नका लागि कानुनी प्रक्रिया के-के छ भनेर नजानेकाले एमालेका नेताहरुले त्यस्तो आरोप लगाएको प्रमुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादवको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *