निर्वाचन आयोगले पूर्णता पायो

फागुन ५ काठमाडौ,निर्वाचन आयोगले पूर्णता पाएको छ । संवैधानिक परिषदको सिफारिसमा संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल र सुधिरकुमार शाहलाई आयुक्तमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपतिको उपस्थितिमा तीनै जनालाई प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले पद तथा गोपनीयताको शपथ गराएका छन् । प्रमुख आयुक्तसहित पाँच जना पदाधिकारी हुनुपर्ने आयोगमा यादव र आयुक्त इला शर्मा मात्र थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *