नुमा राई अभिनित अर्को भिडियो सार्वजनिक(भिडियो सहित)

ईन्द्र जिजीबिषा-मंसिर ५ काठमाडौ, अरबको गर्मीमा पसिना पुछ्दै नेपाली कलाकारीतामा अनवरत रुपमा लागीरहेकी मोडेल नुमा राई अभिनित यो मनले तिमीलाई भन्ने गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

पछिल्लो समयमा मोडेल नुमा राई म्युजिक भिडियोहरुमा निक्कै व्यस्त बन्दै गईरहेकी छिन । उक्त म्युजिक भिडियोमा निरेम प्रोडक्सन कुवेतको प्रस्तुती रहेको छ । यो गीतको म्युजिक भिडियोमा नुमा राईविकास मगरले अभिनय गरेका छन् । विकास मगरको शब्द रचनामा हरि लम्सालले संगीत भरेका छन् भने निर्मला थापा मगरको स्वर रहेको छ । नुमा राई र विकास मगर द्वारा अभिनित उक्त म्युजिक भिडियो कुवेतको सुन्दर मनोरम स्थलहरुमा छायांकन गरिएको हो ।

यो मनले तिमीलाई भन्ने गीतको म्युजिक भिडियोमा नेपाली भेषभुषालाई प्रयोग गरिएको छ । यो गीतको म्युजिक भिडियोमा निर्देशन र सम्पादन निरेम प्रोडक्सनकै रहेको छ ।
नुमा राई अभिनित यो मनले तिमीलाई भन्ने गीतको म्युजिक भिडियो

One thought on “नुमा राई अभिनित अर्को भिडियो सार्वजनिक(भिडियो सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *