नेइमार र बार्सिलोनाले मैत्रिपूर्ण सहमति अदालत बाहिरै टुंग्याए विवाद

बार्सिलोना र नेइमारबिचको कानूनी लडाईँ अदालत भन्दा बाहिरै सहमतिमा टुंगिएको छ । मैत्रिपूर्ण सहमतिमा नेइमारले पूर्व क्लब बार्सिलोनासँगको विवाद टुंग्याएका हुन् ।

२९ वर्षका नेइमारले बार्सिलोनाले आफूलाई ३७.२ मिलियन लोएल्टी बोनस नदिएको दाबी गरेका थिए ।

सन् २०१७ मा २०० मिलियन पाउण्डमा पिएसजी गएपछि आफूलाई बार्सिलोनाले लोएल्टी बोनस नदिएको नेइमारको दाबी थियो ।

त्यसपछि बार्सिलोनाले सन् २०१६ मा भएको नयाँ सम्झौताको क्रममा लिएको ८ मिलियन फिर्ता माग्दै नेइमार विरुद्ध कानूनी प्रक्रिया सुरु गरेको थियो ।

गएको जुनमा स्पेनिस अदालतले बार्सिलोनालाई ६.१ मिलियन पाउण्ड तिर्न नेइमारलाई आदेश दिएको थियो। त्यसविरुद्ध नेइमारले अपील गरेको खबर आएको थियो । तर अहिले सहमतिसँगै सो अपील फिर्ता हुने बताइएको छ ।

बार्सिलोनाले वक्तव्य निकालेर कानूनी विवाद अदालत बाहिरै सहमतिमा टुंग्याइएको जानकारी दिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *