नेकपा एमालेको मेची महाकाली अभियानको विरोधमा मधेसी मोर्चाका कार्यकर्ताद्वारा लाठि जुलुस प्रदर्शन

फागुन २३ राजविराज,नेकपा एमालेको मेची महाकाली अभियानको विरोधमा मधेसी मोर्चाका कार्यकर्ताले राजविराजमा लाठी जुलुस निकालेका छन् ।

राजविराजमा एमालेले सभाको तयारी गरिरहेका बेला मोर्चाका नेता तथा कार्यकर्ताहरु हातमा लाठी लिएर सडकमा निस्किएका हुन् । मोर्चाले सोमबार सप्तरी बन्द घोषणा गरेको छ ।

एमालेले भने आफ्नो पूर्व निर्धारित सभा र र्‍याली गर्ने भइरहेको जनाएको छ । मोर्चा र एमालेका कार्यकर्ताबिच झडप हुनसक्ने भएपछि सप्तरीमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

झडप हुन नदिन सशस्त्र तथा नेपाल प्रहरीलाई परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *