नेकपा एमाले दोलखा काठमाडौ सम्पर्क मन्चको चियापान कार्यक्रम सम्पन्न

काठमाडौ ७ आसोज – नेकपा एमाले दोलखा काठमाडौ सम्पर्क मन्चको चियापान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कोटेश्वर स्थित गौरी शंकर पार्टी भेन्युमा आयोजित कार्यक्रमका प्रमुख अतिथि पार्टि पोलिट ब्युरो सदस्य एवं माननीय सांसद पशुपति चौलागाई र विशेष अतिथि पार्टि केन्द्रिय सदस्य एवं माननीय सांसद पार्वत गुरुङले शुभकामना दिएका थिए ।

अन्य अतिथिहरुमा दोलखा क्षेत्र नम्बर २ का माननीय सांसद एवं पूर्व पर्यटन मन्त्री आनन्द प्रसाद पोख्रेल पूर्व जिविस सभापति लाल कुमार केसी, ३ नम्बर प्रदेश सम्पर्क मन्चका अध्यक्ष श्याम कुमार बस्नेत,उघोग विभाग सदस्य बाल कृष्ण सिवाकोटी, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, सचित शुरोजंग पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सम्पर्क मन्चको अध्यक्ष गणेश सिवाकोटीले शुभकामना दिदै “नेपालीहरुको महान चाड विजय दशमी तथा शुभ दिपावालीको पावन अवसरमा देश व्यापी रुपमा मनाईने पर्व भएकोले यो चाडलाई राम्रो बनाउनको लागि र दोलखा बाट काठमाडौ आएर विभिन्न पेशा र व्यवसायमा आवद्द हुनु भएका दोलखालीहरुको बिचमा चियापान कार्यक्रम गरेर हार्दिकता कायम हुने” बताउदै आगामी मंसिरमा हुन लागेको परदेश र केन्द्रको निर्वाचनमा नेकपा एमालेलाई दोलखामा कसरी अत्यधिक बहुमतको साथ् विजय गराउन सकिन्छ भन्ने कार्यक्रमको उदेश्य रहेको बताए ।

नेताहरुले गाउँमा जादा पार्टिले गरेका राम्रा काम जनता माझ पुर्याउनु पर्ने र नेकपा एमालेलाई जिताए मात्र राज्य समृद्ध बन्ने र जनता सुखी बन्ने अध्यक्ष सिवाकोटीले दाबि गरे । अहिले राज्यमाथि विभिन्न तह र तप्का बाट देशी बिदेशी शक्तिहरु जुन किसिमले आक्रमण गरि रहेका छन्, यो राज्य माथि भएको आक्रमण हो । यसलाई चिर्नको लागि नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले पार्टिले गरेका राम्रा काम कुरा लिएर जनता माझ जानु पर्ने र आगामी मंसिरमा हुन लागेको परदेश र केन्द्रको निर्वाचनमा एमालेले सहज ढंगले जित्न सकिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *