नेत्र किरातीको निर्देशनमा “कुन तराजुले” म्युजिक भिडियो छायांकन सपन्न (भिडियो सहित)

काठमाडौ- निर्देशक नेत्र किरातीको निर्देशनमा “कुन तराजुले” बोल रहेको गीतको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ । दर्जनौ म्युजिक भिडियोमा निर्देशन गरिसकेका निर्देशक किरातीको यो पछिल्लो निर्देशन रहेको म्युजिक भिडियो हो । किराती म्युजिक भिडियो निर्देशनको अलावा एक सरकारी जागिरे पनि हुन् । किरातीले नै यो भन्दा अगाडि निर्देशन गरेको ” ए ठूली” बोलको गीत सम्पुर्ण काम सकिएकोले बजारमा आउने तयारीमा छ ।

नवलपरासी जिल्लाको नारायणी नदीको रमणिय स्थलहरुमा छायांकन गरिएको “कुन तराजुले” बोलको गीतमा अहिलेकी चर्चित र अति व्यस्त मोडेल आरुसी मगर र मोडलिङ्ग क्षेत्रमा उदाउदै गरेको मोडेल शेरबहादुर मगरले अभिनय गरेका छन् ।आरुशी मगर र शेरबहादुर मगरलाई मोडेल तथा हास्यकलाकार रोशन मगरले साथ् दिएका छन् । आरुशी मगरले अहिलेसम्ममा दुई सय वटा भन्दा बढि म्युजिक भिडियोहरुमा मोडलिङ्ग गरिसकेकी छन् । नम्र सिलस्वभाव र मिलनसार आरुशी म्युजिक भिडियो क्षेत्रमा निक्कै मज्जाले जमेकी छन् । एक दर्जन जति म्युजिक भिडियोमा काम गरिसकेका मोडेल शेरबहादुर मगर पनि यहि क्षेत्रमा जम्ने प्रयासमा छन् । कलाकार रोशन मगर भने हास्य कलाकारीतामा आफ्नो भाग्य चम्काउदै छन् ।

जीवन लुईटेलको शब्द रचनालाई पुस्कर सुनुवारले संगीत र एरेन्ज गरेको “कुन तराजुले” बोलको गीतमा मनोज राज सिवाकोटीको स्वर रहेको छ । ओम प्रसाईले छायांकन गरेको यो गीतको म्युजिक भिडियोलाई बिष्णु खड्का (आर्यान)ले सम्पादन र नेत्र किरातीले निर्देशन गरेका छन् ।

“कुन तराजुले” म्युजिक भिडियोको कलाकार टिम संग गरिएको रमाईलो कुराकानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *