नेपालमै पहिलो पटक कलेजो सफलताको साथ प्रत्यारोपण

मंसिर २३ काठमाडौं, भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा ८ घण्टा लामो शल्यक्रियापछि नेपालमा पहिलोपटक कलोजो प्रत्यारोपण गरिएको छ । कोरियाका डा. डेभिन कोनको नेतृत्वमा १४ जनाको टोलीले सफल शल्यक्रिया गरेको हो। बुधबार दिउँसो १२ बजेदेखि सुरु गरिएको शल्यक्रिया राति ८ बजे सकिएको संलग्न एक डाक्टरले जानकारी दिए।

स्वास्थ्य मन्त्री गगन थापाले नेपाली स्वास्थ्य क्षेत्रमा यो अर्को ठूलो उपलब्धि भएको बताएका छन्। उनले नेपालमै पनि यस्ता प्रत्यारोपणहरु गर्न सकिने प्रमाणित गरेको उल्लेख गरे।

बिरामी बलराम नागालाई उनकी ४२ वर्षीया दिदीले कलेजो दिएकी थिइन्। अस्पतालले नागाको निशुल्क उपचार गरेको हो। कलेजो प्रत्यारोपण गर्न विदेशमा कम्तीमा ६० लाख रुपैयाँ लाग्छ। एक साताअघिमात्र सरकारले कलेजो प्रत्यारोपणसम्बन्धी कानुन ल्याएको भएपनी यसको शुल्क निर्धारण गरेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *