नेपालले बंगलादेश संग ३ अभ्यास खेल खेल्ने

काठमाडौ ९ कातिक- नेपालले १९ वर्ष मुनिको एसिया कप क्रिकेटका लागि बंगलादेशसँग अभ्यास खेल खेल्ने भएको छ । नेपाली टीमले अभ्यास खेलका लागि गरेको आग्रह बंगलादेशी टीमले स्वीकार गरेकाले आउँदो सोमबार नेपाली टीम बंगलादेश जाने भएका हुन् ।

नेपाली टीमले बंगलादेशको १९ बर्षमुनिको राष्ट्रिय टीमसँग ३ वटा अभ्यास खेल खेल्नेछ ।  त्यसपछि नेपाल फर्किने र एसिया कप खेल्न मलेसिया जाने छन् । १९ वर्ष मुनिको एसिया कप क्रिकेट कातिक २३ गतेदेखि मलेसियामा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *