नेपालीहरुको जग्गा भारतमा परेपछि, नापी विभाग घेराउ (भिडियो सहित)

काठमाडौ, ५ माघ – पर्साको वीरगन्ज महानगर पालिका -१ छप्कैयामा ५० बिघा जमिन भारत तर्फ पारिएकोमा आपत्ति जनाउँदै ग्रेटर नेपालका फणिन्द्र नेपाल र सिमानामा काँडेतार अभियानका अभियन्ता नवल खड्काको नेतृत्वमा नापी विभाग घेरिएको छ । घेराउ कार्यक्रममा वानेश्वरस्थित नापी विभागको कार्यालयमा धर्ना एवं विरोध प्रदर्शन पनि गरिएको थियो ।

कार्यक्रममा बोल्दै ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपालले ग्रेटर नेपालको जमिन वैधानिक रुपमा नेपालको भईसकेको स्थितीमा, भई रहेको जमिन समेत भारतले अतिक्रमण गरेकोमा आपत्तिजनक रहेको भन्दै खेद प्रकट गरे ।

सयौंको संख्यामा उपस्थित कार्यक्रममा बोल्दै सिमानामा काँडेतार अभियानका अभियन्ता नवल खड्काले गुमेको भु–भाग फिर्ता पाउनु पर्ने र सिमानामा काँडेतारको बार लगाउनु पर्ने बताए । नायक तथा सिमानामा काँडेतार अभियानका अभियन्ता खड्काले अगाडि थपे, हाम्रो १ इन्च जमिन पनि हामी बिदेशी भूमीमा पर्न दिने छैनौं । गुमेको भूमी प्राप्तीका लागि जस्तोसुकै बलिदानी गर्न पनि तयार भएको र प्राप्ती नहुन्जेलसम्म आन्दोलन जारी रहने बताउदै यो विषयमा तराईका नेता र राजनीति पार्टीहरुले पनि अब प्रतिकारमा उत्रनु पर्ने सुझाव दिनुदिए ।

त्यस्तै नापी विभागका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टले नेपालीहरुको केहि जमिन भारत तिर परेको र भारतको पनि केहि जग्गा नेपाल तिर परेको बताउदै तथ्य र प्रमाणसहित आफूहरुले काम गरिरहेको बताए । तर मेडियामा आएजस्तो हल्ला सत्य नभएको पनि दाबि गरे । सन् १९७०,१९९० र २०१० तिर स्याटलाईट बाट खिचिएको तस्विर र स्थलगत भ्रमण गरेर सत्य तथ्य बुझेर आगामी पहल कदमी अगाडि बढाउने पनि बताए । नक्सा र जग्गाको लालपुर्जा अनुसार सिमानामा नयाँ स्तम्भ राखिएको र त्यो नक्सा देखाउने भनिएपनि प्रदर्शनकरी र पत्रकारहरुले देखाउन माग गर्दा निर्देशक भट्टले देखाएनन् ।

नापी विभागका निर्देशकले के के भने त ? भिडियोमा हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *