नेपाली कांग्रेसले वागी उम्मेदवारलाई कारवाही गर्ने

काठमाडौं ७ असार- नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उठ्ने बागी उम्मेदवारलाई कारबाही गर्ने भएको छ । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार एक विज्ञप्ति निकालेर यही असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उठ्नेलाई कारबाही गर्ने जनाएको हो ।

विज्ञप्तिमा पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध पार्टीका कुनै सदस्यले बागी उम्मेदवारी दर्ता गरी निर्वाचन आयोगद्वारा तोकिएको समय सिमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिए त्यस्ता उम्मेदवार र निजको प्रस्तावक एवम् समर्थकलाई कारबाही गर्ने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *