नेपाली क्रिकेट टोलि मलेशिया प्रस्थान

काठमाडौ २३ भदौ- उन्नाइस वर्ष मुनिको एसिसी एशिया कप क्रिकेटको छनोट खेल खेल्न नेपाली टोली मलेसिया गएको छ । प्रतियोगिताको लागि दिपेन्द्रसिंह ऐरीको नेतृत्वमा १४ खेलाडीसहितको नेपाली टोली विहान मलेसिया गएको हो ।

शुक्रबारदेखि सुुरु हुने प्रतियोगितामा नेपालले आउँदो सोमबार थाइल्याण्डसँग, बुधबार भुटानसँग र बिहीबार सिंगापुरसँग खेल्नेछ । समूह ’बि’मा आयोजक मलेसिया सँगै हङकङ, चीन र म्यानमार रहेका छन् । फाइनलमा पुग्ने दुई टोली एसिसी एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *