नेपाल आईडलमा काठमाडौ अडिसन बाट स्थापित कलाकारहरु पनि बाहिर निर्णयकहरु प्रति जनलहर तिब्र असन्तुष्टि ( गीतहरु सहित)

सूचना खबर-काठमाडौ २७ बैशाख, नेपाल आईडलमा निर्णयकहरु प्रति असन्तुष्टि भन्ने समाचार प्रकाशन भएपछी निर्णयकहरुले गरेको निर्णयहरु प्रति असन्तुष्ट जनाउनेहरुको लहर बढेको छ । केही राम्रा प्रतिभा भएका र नेपाली गीत-संगीतमा स्थापित भईसकेका कलाकारहरुलाई पनि अडिसन राउण्डको पहिलो छनौट बाटै आउट गरेपछि आक्रोशको जनलहर बढेको हो ।

नेपाल आईडल गत माघ १२ गते नेपालगंजमा, माघ १५ गते बुटवलमा, माघ १८ गते नारायणघाटमा,माघ २१ गते बिरगंजमा, माघ २४ र २५ बिराटनगरमा, माघ २९ र फागुन १ गते पोखरामा र फागुन ७ र ८ गते काठमाडौमा गरेर छनौट सम्पन्न भएको छ ।

नेपाल आईडलका निर्णयकहरुले मनोमानी ढंगले छनौट गरेको आरोप सामाजिक संजाल फेसबुकमा लागेको छ । अहिलेसम्म उनीहरुको आधिकारीक प्रतिक्रिया भने आएको छैन ।

निर्णायकको भूमिकामा रहेका न्ह्यु बज्राचार्य नेपाली गीत-संगीतमा अनुभवी संगीतकारको रुपमा हेरिएपनि, नेपाल आईडलमा उनको निर्णयको विरोध सामाजिक संजाल भरि आएका छन् । सबैको उस्तै प्रतिक्रीया छ, न्ह्यु बज्राचार्य संग यस्तो आशा गरिएको थिएन ।

निर्णयकै भूमिकामा रहेकी अर्को गायिका ईन्दिरा जोशी हुन् । उनि सन् २०१३ देखि नेपाली गीत-संगीता क्षेत्रमा प्रवेस गरेकी हुन् । नवलपरासी जिल्लाको परासी बजारमा जन्मिएकी जोशी आफू तराईमा जन्मी हुर्किएको हुनाले लोक गीतमा आफ्नो खासै ज्ञान नरहेको (जनवरी ४ -२०१६ )लाईक नेपाल संगको कुराकानीमा बताएकी छिन् । उनि नेपाल ताराको उत्कृष्ट दशौ बाट बाहिरिएकी थिईन् ।

नेपाल आईडलको निर्णयकमै रहेका अर्का गायक तथा संगीतकार कालीप्रसाद बास्कोटा हुन् । बास्कोटा पछिल्लो समयमा आएर “ठमेल बजार” “निर जहिले रिसाउने” “सुन साईली” जस्ता गीतहरुमा संगीत गरेर चर्चामा रहेका कलाकार हुन् । एउटा गीत कम्पोज गरे वापत ७० हजार भन्दा बढि लिने कुरा नेपाल टेलिभिजनको नमस्ते टिभी शोमा (६ फेब्रवरी २०१६) बताएका थिए । तर बास्कोटाले आजसम्म कम्पोज गरेका गीतहरु सदाबहार हुने (आज कम्पोज गरेका गीत दश बर्षपछी सुन्दा पनि उतिकै कर्णप्रिय लाग्ने) खालका भने छैनन् ।

अडिसन राउण्ड बिराटनगर सम्मका भिडियो यु ट्युबमा ल्याईएपनि काठमाडौमा भएको अडिसनको भिडियो भने आयोजकले यु ट्युबमा ल्याउन बाँकी नै छ । काठमाडौमा भएको छनौटमा झनै बलिया प्रतिश्पर्धी गीत-संगीत क्षेत्रमा स्थापित भईसकेका कलाकारहरुलाई पनि आउट गरेका छन् ।

कस्ता- कस्ता प्रतिश्पर्धिहरुलाई आउट गरे त निर्णायकहरुले
सागर संसार राई
सागर संसार राई नेपाली गीत-संगीत क्षेत्रमा स्थापित नाम हो । उनको सयौ गीतहरु बजारमा आईसकेका छन् । विक्रम संवत २०६८ सालको खोटाङ्ग तारामा टप ट्वान्टी सम्म पुगेका सागर संसार राई चलचित्र प्रेम गीतको कभर गीत (म यस्तो गीत गाउछु, जुन प्रेम गीत बनोस) गायन प्रतियोगिताको विजेता पनि हुन् । उनलाई पनि आउट गरेका थिए निर्णयकहरुले ।

सागर संसार राईले गाएका गीत यहाँ हेर्नुहोला

अर्का आउट भएका प्रतिश्पर्धी हुन् बिक्रम लिम्बु । बिक्रम लिम्बु खोजि प्रतिभाका बिजेता हुन् । उनले पनि सयौ गीतहरु बजारमा ल्याई सकेका छन् ।

बिक्रम लिम्बुको एउटा गीत यहाँ हेर्नुहोला

अर्का काठमाडौ अडिसन बाट आउट भएका प्रतिश्पर्धी हुन् ध्रुब तामाङ्ग । ध्रुब तामाङ्ग स्वर संग्राम प्रतियोगिताको बिजेता हुन् ।

उनको गीत पनि हेर्नुहोला यहाँ

अर्का बलिया प्रतिश्पर्धी हुन् नविन्द्र नयन प्यासा  । नविन्द्र नयन प्यासा पनि नेपाली गीत-संगीत क्षेत्रमा दखल राख्न सक्ने गायक हुन् ।
उनको गीत पनि सुनौ

अर्की अडिसन बाटै बाहिरीएकी कलाकार हुन् नम्रता राई । उनि यलम्बर आईडल बिजेता हुन् ।
उनले गाएको गीत पनि सुनौ

अर्की स्थापित गायिका हुन् बबिना राई । उनलाई पनि निर्णयकहरुले अगाडि बढ्नलाई रोकेका थिए ।
उनले गाएको कभर गीत सुनौ

माथि उल्लेख गरिएका नामहरु त उदाहरणका पात्रहरु मात्रै हुन् । यी र यस्ता बलिया प्रतिश्पर्धिहरुलाई समेत आउट गरिए पछि “दालमे कुछ काला हैं” भन्ने भएको छ ।

6 thoughts on “नेपाल आईडलमा काठमाडौ अडिसन बाट स्थापित कलाकारहरु पनि बाहिर निर्णयकहरु प्रति जनलहर तिब्र असन्तुष्टि ( गीतहरु सहित)

  1. गीत गाउन नआए पनि कस्ले राम्रो गाउछ हेर्न आउँछ । समग्र मा भन्दा जज हरु को निर्णय चितबुझ्दो छैन

  2. what is this jurge’s
    ???Aru j bhaye pani sagar sansar, bikram limbu, dhruba tamangm, nabin nayan, namrata rai, babina rai jasta isthapit singer haru lai samet out garnu katiko jayaj xa mero jurjesh haru sabailai question asko answer 3 karod nepali dinu jaru ri xa hoina bhane ispasta ani nispaxa rup ma jurge garau hoina bhane hat uthaye hunxa saphal nirnayak huna sakinna bhane aruko gndagi mathi khel bard garne kunai adhikar xaina

  3. दालम कुछ काला मात्र होइन पुरै कालो छ।अहिले बजार मा एक दुई ओटा गित हिट हुदैमा जज बन्ने त्यो पनि नेपाल आइडलको छेउ न टुप्पोपोको गित गाउने पनि जज नेपाली तारा मा टप 10 मा आउट हुने पनि जज ओहो हाम्रो नेपाल आफ्नैलाई जिताउनुहोस अनि 15 लाख कार एल्बम निकाल्ने चान्स सबै आफ्नैलाई दिनुहोस हजुर plz यति चाहिँ गर्न नभुल्नु होला।

  4. Babita Rai .. Sanga Indira joshi lai compare garne Ho vane….
    Babita is very very better than to Indira…
    Malai Indira ko gana haru sachai vanne ho vane singer le gayeko voice jastai lagdaina…
    Indira joshi jasto voice ta hamro gawghar tira dadha pakha garne sabai cheli betile gaidinxan…
    Testo pani Nepal Ko singer hunxa ?
    Xixixixixi dukhi Aatma ta Indira…

  5. Kasta khal ko jugde haru ho yo auta duita geet ramro compose garyo vane tei judge re ani jo nepali tarako top 10 bata out vayo tei judge re man laagi yesta haru le k lukera baseko aafno pratibha lai sabai saamu chinaulan ta …??? Malai lagdaina sabai judge haru milemato ho ramra gaune lai first round mai reject garne ra jo nepali tara jitera gayo tesailai reject garne ra jaslai sabdha haru ramro sanga pronounce garna jandaina teslai choose garne … judge haruma haami aam janta haru santusti xainau kina ki judge hunuma jun kisim ko knowledge ra expericenc haru hune parne tyo kunai pani judge haruma xainan … bhako vaye ahile yesto hune thiyena hola …

Leave a Reply to Anonymous Cancel reply

Your email address will not be published. Required fields are marked *