नेपाल आईडल फाईनल नभई मनिताले ल्याईन यस्तो गीत

 

manitaकाठमाडौ २८ भदौ- गायिका मनिता राईको “नजर के जुधेको थियो” गजलको अपार सफलता पछी नेपाली लोक आधुनिक गीत “सीरूपाते खुकुरीको“सार्वजनिक भएको छ ।

सांगीतिक क्षेत्रमा लागेको छोटो समयमै राम्रो चर्चा कमाउन सफल गायिका मनिता राईको पहिलो एल्बम भित्र समावेश दोश्रो “सीरूपाते खुकुरी” बोलको गीत रेकर्ड भएको हो । “नजर के जुधेको थियो” गजलबाट गीत संगीतको यात्रा सुरू गरेकी गायिका मनिता राई पहिलो गजल गीतबाट दर्शक श्रोताहरूको मन मुटूमा बस्न सफल भएकी हुन् । पहिलो गजल गीतको चर्चा सेलाउन नपाँउदै सीरूपाते दर्शक श्रोता सामु पस्केकी छन् ।

गाँउबाट शहर पलायन,शहरबाट बिदेश पलायनको क्रममा लाखौ नेपालीहरु संसारकै हरेक कुनामा पुगेका छन् , ति सबै बाध्यता हो । जस्को मनमा नेपाल र नेपाली प्रति अगाढ माया बोकेरै परदेशमा बस्ने दाजु-भाईहरु प्रति प्रतिनित्व गर्दै गायिका मनिता राईले गएकी गीत हो सीरूपाते खुकुरी ।

एल्बमको तयारीमा रहेकी गायिका मनिता राईको यो गीत रेकर्ड पश्चात गीतहरू आउने क्रम सुरू भएको छ ।आफ्नै एल्बम भित्रको गीतको काम धमाधम भईरहेको बेला अन्य ठाँउ बाट समेत अवसरको ढोकाहरु खुल्दै गएको छ।

सुनिल दिप्त राईको शब्द तारा प्रकाश लिम्बुको संगीत र शाहास शाक्यको एरेन्ज रहेको यस गीतको दशै लगतै म्युजिक भिडीयो छायांकन हुने भएको छ । आगामी केहि दिनमै सुनिल दिप्त राईको एकल शब्दमा “पर्दैन तारा खसाउनु” हरी लम्सालको संगीतमा र “सानी तिम्रो गाउ घर साईपत्रीले ढाक्यो होला ” बसन्त सापकोटाको संगीतमा रेकर्ड हुने तयारीमा छ ।

सिरुपाते खुकुरीको” गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

One thought on “नेपाल आईडल फाईनल नभई मनिताले ल्याईन यस्तो गीत

  1. अति धेरै राम्रो गित तेहिमाथी आफ्नो पहिचान खुलाउने भेसभुसा। सुन्नलाउअक गित अनि उस्तै छ स्वर। मनिता बहिनिलाइ सफलताको शुभकामना।

Leave a Reply

Your email address will not be published. Required fields are marked *