नेपाल आईडल बाट बाहिरिएका नविन्द्र राईले गाए “प्रेम गीत २” कभर गीत (भिडियो सहित)

काठमाडौ ३० असार- मिठो स्वरका धनि, नव गायक नविन्द्र राईले नेपाली चलचित्र “प्रेम गीत २” को कभर सङ्ग गाएका छन् । नेपाल आईडल बाट बाहिरिएका गायक नविन्द्र राईले “प्रेम गीत २”को कभर सङ्ग कम्पिटिसनमा भाग लिएका हुन् । राईको जादुमय स्वर संगै उनले गाएको गीतको म्युजिक भिडियो यु ट्युबमा हेर्नेहरुको लहर चलेको छ ।

काठमाडौको आर आर कलेजमा संगीत विषयमा स्नातक दोस्रो बर्षमा अध्ययनरत गायक राईले अन्य २५० प्रतिस्पर्धीहरु भन्दा पृथक शैली र उत्कृष्ट तरिकाले गीत गायका छन् । पृष्ठभूमिमा प्रेम गीत २ को भिडियो राखेर राई आफै पनि म्युजिक भिडियोमा देखिएका छन् ।

प्रेम गीत २ को कभर गीतको म्युजिक भिडियो हेर्नलाई यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *