नेपाल आर्थिक समृद्ध भएपछी भारतको असमान व्यवहारलाई टक्कर दिन सकिन्छ : डा.बाबुराम भट्टराईले

काठमाडौ ९ असार-पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी संयोजक डा.बाबुराम भट्टराईले नेपाललाई आर्थिक रुपमा समृद्ध नबनाएसम्म भारतले गर्ने असमान व्यवहारलाई टक्कर दिन नसकिने बताएका छन् । नेपाल आर्थिक रुपमा बलियो भएपछि तेस्रो मुलुकहरुसँग मिलेर भारतले गर्दै आएको असमान व्यवहारको अन्त्य गर्न सकिने बताए । नेपाल आर्थिक रुपमा बलियो भएपछि सन् १९५० जस्ता सबै असमान सन्धिहरुलाई च्यातेर फाल्न सकिने पनि बताए ।

झापाको दमकमा शुक्रबार बिहान संघीय समाजवादी फोरम र नयाँ शक्तिले गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै भट्टराईले उक्त कुरा बताएका हुन् । पूर्वप्रधानमन्त्री भट्टराईले आर्थिक समृद्धिको पहिलो कदम भ्रष्टाचारलाई निर्मुल पार्नुपर्नेमा जोड दिए । उनले मुलुकको कूल बजेटको ९० प्रतिशत रकम प्रमुख तीन पार्टीले विभिन्न बहानामा भ्रष्टाचार गर्दै आएको आरोप समेत लगाए ।

काठमाडौंका जनप्रतिनिधिले मोबाइल किन्ने र बिल पेस गरेपछि रकम दिने भनी गरेको निर्णय भ्रष्टाचारको ज्वलन्त उदाहारण भएको भट्टराईले बताए । काठमाडौंका मेयरले आफ्ना सबै जनप्रतिनिधिलाई मोबाइल किनेर बिल पेस गरेपछि पैसा दिने निर्णय पनि गरेका छन् । यो जनताको पैसा खुलेआम लुट्ने निर्णय हो । भट्टराईले यस्ता भ्रष्टाचारीविरुद्ध लाग्न आग्रह समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *