नेपाल कम्युनिस्ट पार्टी (विप्लव) रोल्पाले बर्षमान पुनको प्रचार टोलीलाई नियन्त्रणमा लियो

लिवाङ ८ मंसिर- नेपाल कम्युनिस्ट पार्टी (विप्लव) रोल्पाले माओवादी केन्द्रको चुनाव प्रचार टोलीलाई नियन्त्रणमा लिएका छन् । माओवादी केन्द्रका नेता तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार वर्षमान पुनको प्रचारमा हिडेको टोलीलाई रोल्पाको इरिबाङ – ५ केवरीबाट चुनाव प्रचार सामाग्रीसहित नियन्त्रणमा लिएका हुन् ।

अाफूहरुको अनुमति विना गाउँ पसेर जनतामा भ्रम फिजाएकोले प्रचार टोलीलाई नियन्त्रणमा लिएको नियन्त्रणकारीहरुले बताएका छन् । कब्जामा लिएका प्रचार सामाग्रीलाई अागो लगाएर जलाएका छन् भने प्रचार टोलीलाई फेरि नअाउने सर्तमा छोडिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *