नेपाल चलचित्र निर्माता संघद्वारा, बाढी पिडितको लागि १ लाख १ हजार सहयोगको घोषणा

काठमाडौ ३० साउन- अविरल वर्षातले भएको जन धनको क्षति पश्चात नेपाल चलचित्र निर्माता संघले बाढि पहिरो पिडितलाई तत्कालको निम्ति १ लाख एक हजारको राहत सहयोगको घोषणा गरेको छ । निर्माता संघका अध्यक्ष नवल खड्काले एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त घोषणा गरेका हुन् । नेपालमा भईरहेको अविरल वर्षातको कारण पहाडमा बाढि पहिरो र तराईमा डुबान भएको छ । बाढी पहिरो र डुबानको कारण अहिले सम्म ७० जना भन्दा बढिले ज्यान गुमाई सकेका छन् भने हजारौ घरहरु क्षति ग्रस्त भएका छन् । हजारौ चौपाया र पशु पंक्षी पनि बाढि पहिरो र डुबानमा परेर मरेका छन् ।

सामाजिक कार्यमा संलग्न रहदै आएका नायक तथा निर्माता नवल खड्काले यो भन्दा अगाडी पनि विभिन्न पिडितहरुलाई सहयोग गर्दै आएका छन् ।

चलचित्र निर्माता संघले जारी गरेको प्रेस विज्ञप्ती जस्ताको त्यस्तै
प्रेस विज्ञप्ती
लगातारको भिषण बर्षाका कारण देशभर बाढि, पहिरो डुवानले सयौं जीवनको मृत्यु, हजारौं घर डुवान र लाखौं ब्यक्ति बिचल्लि र बिस्थापित भएको घटनाप्रति चलिचत्र निर्माता संघ नेपाल अत्यन्तै चिन्तित भएको छ । यस विपत्तिको कारण जन धनको अपुरणीय क्षति भएको सूचना प्राप्त भइरहेका छन् । यस घडिमा हामो संघ मृतक प्रति गहिरो श्रद्धाञ्जलि प्रकट गर्दछ साथै विपत्ति भोगिरहनु भएका व्यक्तिहरुप्रति समानुभूति प्रकट गर्दछ ।

हामी आशा गर्दछौं सङ्कटको यस घडिमा नेपाल सरकारले प्रभावकारी उद्धार तथा राहतका कार्यहरु सञ्चालन गर्नेछ । यो हाम्रो माग पनि हो । यसैगरी पिडितहरुको उद्धार र राहत कार्यमा हाम्रो संघ सम्पूर्ण चलचित्र क्षेत्रमा संलग्न व्यक्तिहरुलाई संलग्न हुन अपील गर्दछ । यस कार्यमा सबै परोपकारी सँस्था, राजनितिक दल र आम नागरिक संलग्न रहन अनुरोध गर्दै हाम्रो संघ हाललाई सांकेतिक रुपमा १,०१,०००।– (एक लाख एक हजार) रुपैया दिने घोषणा गर्दछ ।

अन्तमा तराई डुवानमा पर्नु सीमा क्षेत्रका पुलपलेसा र बाँधहरुका बनोट हुन् भन्नेमा नेपाली जनताहरुको निष्कर्ष छ । यस कुरालाई मध्ये नजर राखी दीर्घकालीन समाधानका लागि पहल गर्नु होस् हामी सरकार र छिमेकी मुलुक भारतसँग अनुरोध गर्दछौं ।

नवल खड्का
अध्यक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *