नेपाल र जोर्डनवीच श्रम श्रम्झौता

काठमाडौ १ कार्तिक-नेपाल र जोर्डनवीच श्रम श्रम्झौता भएको छ । श्रममन्त्री फरमुल्लाह मन्सुर र जोर्डनका समकक्षी डा. अली अली गेजावीबीच जोर्डनको श्रम मन्त्रालयमा सम्झौतामा हस्ताक्षर भएको हो । जोर्डनमा गार्मेन्टको क्षेत्रमा नेपाली महिला कामदारको माग उच्च छ । जोर्डनसँग नेपालले श्रम सम्झौता गर्ने लामो समयदेखि तयारी गरेको थियो ।

श्रम मन्त्रालयले जोर्डनसँगको श्रम सम्झौताले नेपाली कामदारको कानुनी आधार निकै बलियो हुनुको साथै कामदारको लागि नयाँ गन्तव्य खुलेको जनाएको छ । जोर्डनमा झन्डै पाँच हजार नेपाली कार्यरत छन् । जोर्डन मामिला इजिप्टस्थित नेपाली दूतावासले हेर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *