म्युजिक भिडियो निर्देशनलाई निरन्तरता दिन्छु : हाङ्ग चेम्जोङ

हाङ्ग चेम्जोङ्ग पछिल्लो समयमा म्युजिक भिडियो निर्देशनमा सक्रिय रहेका छन् । पाँचथर जिल्लाको फाल्गुनन्द गाउपालिका ५ मा जन्मिएर त्यहीँको स्कुलमा निम्न माद्यामिक तह सम्मको अध्यायन पुरागरी दार्जिलिङको घुम भ्वाइस स्कुल बाट प्लस टु सकेका छन् हाङ्ग चेम्जोङले । दार्जिलिङ्ग बाट नेपाल आएपछि फ्लिमी जगतमा डान्स,अभिनय,द्वन्द,एक्सन जस्ता कुराहरु सिकेर पाँच / छ बर्ष सम्म पर्दा पछाडी / अगाडि रहेर काम गरे हाङ्ग चेम्जोङ्गले । पाँच / छ बर्ष पर्दा पछाडी / अगाडि कलाकारिता क्षेत्रमा रहेर काम गरेपछि निर्देशन क्षेत्रमा कदम चालेको हुन् चेम्जोङ्गले ।

आमा बाबाको साथमा सुखद बाल्यकाल बिताएका हाङ्ग चेम्जोङ अहिले रोजगारीको सिलसिलामा दक्षिण कोरियामा छन् । आफ्नो कलिलो उमेरमै धेरै तिता मिठा अनुभव संगाली सकेका हाङ्ग चेम्जोङ्गले प्रवासीभूमि दक्षिण कोरियामा रहेर पनि एक दर्जन भन्दा बढि म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । युवा निर्देशक चेम्जोङ्ग भविष्यमा राम्रो बिजनेसम्यान बन्ने सोचाईमा छन् ।

युवा निर्देशक हाङ्ग चेम्जोङ संग ईन्द्र जिजीबिषाले गरेको संक्षिप्त कुराकानी

कोरियामा दिनहरु कसरी बितिरहेको छ?
ड्युटी गयो आयो त्यसपछि युट्युबमा भिडियो निर्देशनहरु सिक्यो स्टोरी निर्माण गर्यो यस्तै यस्तै नै हो ।

तपाइँको निर्देशनमा नयाँ के आउदै छ ?
भरखरै गायक स्वरुपराज आचार्यको स्वरमा रहेको रोजी लाबुङ राईको नयन एल्बममा रहने “नयन भरि” बोल रहेको गीतको म्युजिक भिडियो छायांकन सकिएको छ । अब यो म्युजिक भिडियो आउदै छ ।

तपाइँ कोरियामा श्रमगर्न जानुभएको होला, तर कसरी यो म्युजिक भिडियो निर्देशनमा लाग्नुभयो ?
नेपालमा हुदा म्युजिक भिडियो निर्देशन गर्न सिकेको थिएँ त्यसपछि यता आइयो, अहिले फुर्सदको समयलाई सदुपयोग गर्न एक दुईवटा गर्दै गर्दै गरेको हुँ ।

म्युजिक भिडियो निर्देशन सम्बन्धि नै पढ्नु भएको होकी,तपाइँको आफ्नै अनुभवले यति विघ्न सफलता प्राप्त गर्नु भएको हो ?
नेपालमा हुदा काठमाडौंमा सिकेको हुँ ।

म्युजिक भिडियो निर्देशन गर्दै-गर्दै आज यहाँसम्म आईपुग्दा, तपाइँलाई कस्तो लागि रहेको छ ?
जुनैसुकै कुरामा पनि कोहि पनि १००% जान्ने हुदैन । सकेसम्म राम्रो गर्ने कोशिस गर्दै छु नेपाल आएर अझ राम्रो गर्ने छु यहाँ त छोटो समयमा हरेक समस्याहरु संग जुधेर काम गर्नुपर्ने हुन्छ ।

कोरियामा बसेर म्युजिक भिडियो निर्माण/निर्देशन गर्नु कतिको सहज छ ? मेरो मतलब त्यहाँ कुनै झन्झटिलो कानुनि प्रक्रिया छ कि ?
खासै त्यस्तो त छैन तर कहिलेकाँही सुटिङ गर्दागर्दै गर्न मिल्दैन भन्ने आदेश आउँछ उठेर हिड्न पर्ने हुन्छ ।

आजसम्म कतिवटा म्युजिक भिडियो निर्देशन गरिसक्नु भयो ?
लगभग एक दर्जन जति म्युजिक भिडियो निर्देशन गरिसकेको छु र यो क्रम जारि छ ।

अब थोरै प्रसंग बदलौं । कोरिया बसाइ कति छ अब ?
लगभग अब सकिन लाग्यो । सायद अब म २ बर्ष आधा जति बस्छु होला ।

तपाइँले समय-समयमा कोरिया सम्बन्धि समाचार पनि सम्प्रेषण गरिरहनु हुन्छ । यति समय कोरयामा रहनु पनि भयो, तपाइँको हेराईमा कोरियामा नेपाली श्रमिकहरुको अवस्था कस्तो छ ?
मलाई चाहि मेरो आफ्नो देश पहिलो त्यसपछि कोरिया जस्तो लाग्छ । श्रमलाई सम्मान गर्ने र लगनशील, कामलाई माया गर्ने नियम कानुनमा चल्ने एकदमै राम्रो छ ।

तपाई विवाहित कि अविवाहित ?
म अविवाहित हो । विहे गर्न खासै हतार छैन । विवाह भन्दा धेरै आफ्नो करियरलाई नै सोचिरहेको छु ।

कस्तो जीवन साथी चाहानु हुन्छ?
रोमान्टिक खाल्को मलाई बुझ्ने मेरो कामलाई माया गर्ने भई दिए जस्तो लाग्छ ।

अबको योजनाहरु के -कस्ता छन् ?
अब आउने दिनहरुमा पनि म्युजिक भिडियोहरु निर्देशन गर्ने र अझै स्तरीय गर्ने योजनामा छु ।

अन्त्यमा पाठकहरुलाई केहि भन्नुहुन्छ ?
सर्वप्रथम त तपाइँलाई हार्दिक धन्यवाद मेरो मनको कुराहरु राख्ने मौका दिनु भएकोमा । मेरो निर्देशनमा नयाँ म्युजिक भिडियोहरु आउदै छन । मेरो पहिलेको भिडियोहरु जस्तै नयाँ आउने म्युजिक भिडियोहरुलाई पनि माया गरिदिनुहोला । प्रतिक्रिया दिनुहोला धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *