न्युयोर्कमा ओवामा र महतको भेट

असोज ६ काठमाडौ, राष्ट्रसंघीय महासभामा सहभागी हुन न्युयोर्क पुगेका परराष्ट्रमन्त्री प्रकाशशरण महतले बुधबार अमेरिकी राष्ट्रपति बाराक ओबामासँग संक्षिप्त भेट गरेका छन् । obama

महासभामा सहभागी हुन पुगेका टोली प्रमुख, उनका जीवन साथी तथा न्युयोर्कस्थित स्थायी प्रतिनिधिको सम्मानस्वरूप दिइने स्वागत समारोहमा महतले ओबामासँग भेट गरेका हुन् ।

भेटमा राष्ट्रपति ओबामाले नेपाल शान्ति र विकासमा अघि बढेकामा खुसी व्यक्त गरेका थिए ।

महतले नेपालको संविधान दिवसका अवसरमा दिएको बधाई सन्देशप्रति ओबामासमक्ष सन्तुष्टि व्यक्त गरेको न्युयोर्कस्थित नेपाली अधिकारीले जानकारी दिए ।

अमेरिकी समकक्षी जोन केरीसँग भने महतले केहीबेर नेपाल–अमेरिका सम्बन्धबारे छलफल गरे । केरीले नेपाल भ्रमण गर्ने इच्छा हुँदाहुँदै पनि आउन नसकेको बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *