पत्रकारहरुको प्रश्नमा संचारमन्त्रीको कडा जवाफ

माघ ६ काठमाडौ,संचारमन्त्री सुरेन्द्रकुमार कार्की संचारकर्मीहरुको बिचमा कड्किएका छन् । जव सुचनामन्त्रीसँग पत्रकारले मन्त्रिमण्डल विस्तारबारे जिज्ञासा राख्ने क्रममा हैसियत नभएका दलहरुलाई पनि सरकारमा सहभागी गराउन लागेको भनेका थिए तब जवाफमा मन्त्री कार्कीले पत्रकारले दलहरुको हैसियतको कुरा गर्न नमिल्ने कडा जवाफ दिए । ‘प्रधानमन्त्रीले हैसियत नभएका पत्रकारहरु भन्दा तपाईंहरुले खेद्ने, अनि अहिले तपाईंहरुले दलहरुको हैसियतको कुरा गर्ने ?
प्रतिप्रश्न गर्दै मन्त्री कार्कीले भने, ‘पत्रकारले दलहरुलाई हैसियत नभएको भन्न मिल्दैन । एक सिट भएकालाई समेत मन्त्री बनाउनु त प्रधानमन्त्रीको महानता हो नि । सो अवसरमा उनले मन्त्रिपरिषद् बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए । कार्कीले संसदमा एक सिट रहेका दललाई पनि सरकारमा सहभागी गराउनु प्रधानमन्त्रीको महानता भएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *