पत्रकारहरुलाई बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिने

काठमाडौ २३ जेठ-नेपाल पत्रकार महासंघ र केन्द्रीय बालकल्याण समितिको सहकार्यमा यस वर्षदेखि बालअधिकार संरक्षण तथा सम्वर्धनको विषयमा रिपोर्टिङ्ग गर्ने पत्रकारहरुलाई बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कारद्वारा सम्मान गरिने भएको छ ।

यो पुरस्कार अन्तर्गत रेडियो,टेलिभिजन र पत्रपत्रिकामा रिपोर्टिङ्ग गर्नुहुने पत्रकारहरुलाई प्रत्येक माध्यमबाट उपत्यका र मोफसलबाट १/१ जना गरी जम्मा ६ जना तथा उपत्यका र मोफसलका रेडियो र टेलिभिजनमा बाल कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम सञ्चालकमध्ये १/१ जना गरी २ जना समेत जम्मा ८ जनालाई सम्मान तथा पुरस्कार प्रदान गरिने छ । पुरस्कारको राशी प्रतिव्यक्ति रु. २५,०००( (पच्चीस हजार रुपैयाँ मात्र) तथा प्रमाणपत्र रहने बताईएको छ ।

यस पुरस्कारका लागि नेपालभर कुनै पनि क्षेत्र र कुनै पनि मिडियामा काम गर्नुहुने पत्रकारहरुले बालअधिकार संरक्षण तथा सम्वर्धनको क्षेत्रमा पु¥याएको योगदान सहितको व्यक्तिगत विवरण र २०७३ बैशाख १ गते देखि २०७३ चैत्र मसान्त सम्म कुनै पनि सार्वजनिक सञ्चारमाध्यममा प्रकाशित/प्रसारित ३ वटा सामग्री सहितको आवेदन २०७३ जेठ २५ गतेभित्र महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राम काठमाडौंमा आइपुग्ने गरी पेश गर्नुपर्नेछ ।

तोकिएको मितिभित्र माग गरिए बमोजिम प्राप्त नभएका व्यक्तिगत विवरण तथा प्रकाशित/प्रसारित सामग्रीहरुलाई मान्यता नदिने जनाईएको छ ।

यससम्बन्धी विस्तृत जानकारी तथा आवेदन फारमका लागि नेपाल पत्रकार महासंघको वेभसाइट www.fnjnepal.org र केन्द्रीय बालकल्याण समितिको वेभसाइटwww.ccwb.gov.np हेर्नु सकिने छ । आवेदन र सामाग्रीहरु केन्द्रीय बालकल्याण समिति हरिहर भवन , पुल्चोक ललितपुरको ठेगानामा हुलाक वा इमेल मार्फत पठाउन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *