पत्रकार महासंघ (फोनिज)को स्थापना दिवसमा ३ जना आदिवासी जनजाति संचारकर्मीहरुलाई पुरस्कृत

काठमाडौं २७ साउन- नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को स्थापना दिवसमा शुक्रबार राजधानीमा मनाईएको छ । दिवसको अवसरमा फोनिज केन्द्रीय समितिद्वारा ३ जना आदिवासी जनजाति संचारकर्मीहरुलाई पुरस्कृत गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका उपाध्यक्ष चन्द्र गुरुङ र फोनिज अध्यक्ष डण्ड गुरुङले पत्रकार रमिता लामा, खिम घले र सञ्जय सन्तोषी राईलाई संचारको माध्यमबाट आदिवासी जनजातिको आवाजलाई मुखरित गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *