पत्रकार सम्मेलनमा कुलमान घिसिङ रोए

काठमाडौ २६ बैशाख, विभिन्न संचार माध्यमहरुमा एलईडी बल्ब खरिदमा करडौ भ्रष्टाचार गर्न लागेको भन्ने आरोप लागेपछि गरेको पत्रकार सम्मेलनमा कुलमान घिसिङ्ग रोएका छन् । एउटा बल्बमा पैसा खानुपर्ने आफ्नो अवस्था नरहेको भन्दै उनले गहभरी आँसु पार्दै भने, ‘नेपाली जनताबाट एक रुपैयाँ खाने अवस्था छैन । पैसा खानु नै छ भने २/४ घन्टा लोडसेडिङ गर्दा नै करोडौं कमाएर बस्थेँ ।’

आफूले ईमान्दारिताको साथ् काम गर्दापनि चरित्र हत्या गर्ने प्रयास भएको भन्दै उनले आफूलाई दुःख लागेको बताए । उनले भने, ‘यदि कुनै कुनियत देखियो भने हामीलाई झुण्ड्याइदिए हुन्छ । अन्यथा यस्ता गलत प्रचार नगरिदिनु होला ।’

भारत सरकारसँग सहमति गरेर १३५/१४० रुपैयाँमा बल्ब ल्याउन लागेको भन्दै घिसिङले यदि कसैले सक्छ भने १५० रुपैयाँमा ल्याउन चुनौती दिए । कुनै व्यापारीले १५० रुपैयाँमै गुणस्तरीय बल्ब ल्याएमा विद्युत प्राधिकरणका २ सय वटै ग्राहक सेवा केन्द्रबाट वितरणको व्यवस्था मिलाउने घिसिङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *