पहिरो पीडितहरुलाई राहत वितरण गरियो

khotang2
खोटाङ सिम्पानीका २१ घरधुरीलाई आज खोटाङ सेवा समाज हङकङबाट प्राप्त सहयोग वितरण गरिदै

माघ २४ खोटाङ्ग,गत बर्ष गएको विनासकारी पहिरो र बाढीबाट पीडित खोटाङ सिम्पानीका २१ घरधुरीलाई आज खोटाङ सेवा समाज हङकङबाट प्राप्त सहयोग वितरण गरिएको ईन्द्र नारथुङ्गेले सूचना खबरलाई जानकारी दिएका छन् ।

सिम्पानी गाविस भवनमा आयोजित एक भेलामा स्थानीय पार्टी प्रतिनिधिहरुको रोहवरमा प्रत्येक घरधुरीलाई ३ हजार ४ सयको दरले राहत वितरण गरिएको छ । पीडितहरुलाई नेपाली काँग्रेस सिम्पानीका चन्द्र थापा, नेकपा एमालेका लोकेन्द्र खड्का र माओवादी केन्द्रका दिलकुमार राईले रकम हस्तान्तरण गरेका थिए ।

खोटाङ सेवा समाज हङकङको तर्फबाट चिप्रिङ निवासी नविन राईको संयोजकत्वमा संकलित राहत रकम वितरणको सहजीकरण ईन्द्र नारथुङ्गे, उर्मिला राई र रुपेश राईले गरेका हुन् ।khotang

Leave a Reply

Your email address will not be published. Required fields are marked *